Letter from the Prime Minister
     
     
  मेरा प्यारा देशवासीहरू,  
     
  ऊर्जा अनि उमङ्गले भरिएको दीपावलीको यस पावन पर्वमा तपाईंहरू सबैलाई मेरो अनेकौं शुभकामना। अयोध्यामा राम मन्दिरको भव्य निर्माणपछि यो दोस्रो दीपावली हो। प्रभु श्रीरामले हामीलाई मर्यादाको पालन गर्न सिकाउँदछन् र साथै हामीलाई अन्याय विरुद्ध लड्ने पाठ पनि सिकाउँछन्। यसको जीवन्त उदाहरण हामीले केही महिनाअघि अपरेशन सिन्दूरका समय पनि देख्यौं। अपरेशन सिन्दूरमा भारतले मर्यादा पनि पालन गऱ्यो र अन्यायको बदला पनि लियो।  
     
  यसपाली दीपावली यस कारण पनि विशेष छ किनभने देशको अनेकौं जिल्लामा, सुदूर क्षेत्रमा पहिलोपटक दीपावलीको दियो जल्नेछ। यी ती जिल्लाहरू हुन्, जहाँ नक्सलवाद अनि माओवादी आतङ्कलाई जरैदेखि मेटाइएको छ। बितेका दिनहरूमा कसरी अनेकौं व्यक्ति हिंसाको बाटो त्यागी विकासको मुख्यधारमा सामेल भई देशको संविधानप्रति आस्था जताएको हामीले देख्यौं। देशको निम्ति यो धेरै ठूलो उपलब्धि हो।  
     
  यस ऐतिहासिक उपलब्धिभन्दा केही दिनअघि देशमा नेक्स्ट जेनरेशन रिफर्म्सको पनि शुरुवात भएको छ। नवरात्रिभन्दा अघि जीएसटीको कम दर लागू भयो। जीएसटी बचत उत्सवमा देशवासीहरूको हजारौं करोड रुपियाँ पनि बाँच्दैछ।  
     
  अनेकौं सङ्कटबाट गुज्रिरहेको विश्वमा, हाम्रो भारत स्थिरता अनि संवेदनशीलता, दुवैको प्रतीक बनेको छ। आउने केही समयमा हामी विश्वको तेस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था पनि बन्नेछौं।  
     
  विकसित अनि आत्मनिर्भर भारतको यस यात्रामा एक नागरिकका रूपमा हाम्रो प्रमुख दायित्त्व हो – हामीले देशप्रति आफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेछ।  
     
  हामी स्वदेशी अपनाऔं अनि गर्वका साथौं भनौं – यो स्वदेशी हो। हामी एक भारत-श्रेष्ठ भारतको भावनालाई बढाऔं। हामी हरेक भाषाको सम्मान गरौं। हामी स्वच्छताको पालन गरौं। हामी आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिउँ। भोजनमा तेलको मात्रा 10 प्रतिशत कम्ति गरी योग अपनाऔं। यी सबै प्रयासले हामीलाई अझ तेज गतिले विकसित भारततर्फ अग्रसर गराउनेछ।  
     
  दीपावलीले हामीलाई जब एउटा दियोले अर्को दियो जलाउँछ, तब त्यसको प्रकाश कम्ति नभएर अझ बढ्दछ भन्ने कुरा सिकाउँछ। यसै भावनाका साथ, हामीले दीपावलीमा आफ्नो समाजमा, आफ्नो वरिपरी, सद्भाव, सहयोग अनि सकारात्मकताको दियो जलाउनु पर्नेछ।
एकपटक तपाईंहरूलाई दीपपर्वको धेरै धेरै शुभकामना।
 
     
  तपाईंहरूको
नरेन्द्र मोदी
 
  Letter from the Prime Minister  
     
   
     
  यस पत्रलाई आफ्नो रुचिको भाषामा पढ्नुहोस्  
     
 
English हिंदी ગુજરાતી ଓଡ଼ିଆ ਪੰਜਾਬੀ தமிழ் मराठी తెలుగు বাংলা മലയാളം অসমীয়া ಕನ್ನಡ اردو মণিপুরী नेपाली Khasi भोजपुरी मैथिली
 
     
     
       
 
प्रधानमंत्री श्री नरेंद्र मोदी से जुड़ें   पीएम मोदीसँग जोडिनुहोस्
नवीनतम जानकारी के लिए माईगव विज़िट करें।   ताजा जानकारीका लागि MyGov हेर्नुहोस्